मूल नियमावलीको नियम ५३क. को,
(१) उपनियम (१) मा रहेको ‘पठाउनेछ ’ भन्ने शब्दको सट्टा ‘पठाउनेछ र त्यसरी जानकारी
नदिई मनोनयन गर्ने अधिकार प्राप्त अधिकारीबाट जति समयको लागि मनोनयन
गरिएको हो, त्यती अवधिमा मनोनयन भएको निजामती कर्मचारीले पाएको वा पाउन
सक्ने तलवभत्ता बराबरको रकम असूल उपर गरिनेछ ’ भन्ने शब्दहरु राखिएका छन् ।
(२) उपनियम (३) को सट्टा देहायको उपनियम (३) राखिएको छ ः–
“(३) निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको
मितिले एक महिना भित्र सम्बन्धित कार्यालयमा हाजिर हुन जानु पर्नेछ । मनासिव
माफिकको कारण सहितको सूचना सहित बिदा माग गरी बिदा स्वीकृत भएको अवस्थामा
बाहेक सो अवधि भित्र हाजिर नहुने निजामती कर्मचारीलाई विभागीय सजाय हुनेछ ।”
(३) उपनियम (४) पछि देहायका उपनियम (५) थपिएको छ ः–
“(५) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी अध्ययन,
तालिम वा अध्ययन भ्रमण पछि उपनियम (३) बमोजिमको अवधि भित्र कार्यालयमा हाजिर
हुन आए नआएको सम्बन्धमा अभिलेख प्रयोजनको लागि त्यस्तो कर्मचारीको नाम,
अध्ययन गर्न गएको देश, अध्ययन वा तालिमको अवधि र विषय खुल्ने दुई प्रति विवरण
प्रत्येक वर्षको श्रावण मसान्त भित्र तयार गरी एक प्रति ऐनको दफा ४०ख. को उपदफा
(३) बमोजिमको समितिको सचिवालयमा पठाई एक प्रति सम्बन्धित निकायले अभिलेख
अद्यावधिक गरी राख्नु पर्नेछ । यस्तो विवरण तयार गरी पठाउने दायित्व सम्बन्धित
निकायको प्रमुखको हुनेछ ।”